बाजुराकाे हिमाली गाउँपालिका– ४ बोर्ताका एक सय १३ परिवारलाई पालिका अध्यक्ष गोविन्द मल्लले राहत वितरण गरेका छन्।
यही असोज १९ देखि २३ सम्म परेको अविरल वर्षाका कारण बोर्ताका एक सय १३ परिवार बाढीपहिरोको उच्च जोखिममा परेपछि विस्थापित भएका छन्। विस्थापित परिवार गाउँनजिकैको डाँडामाथि मन्दिरमा त्रिपालमुनि रात बिताइरहेका छन्।
पाकेर भित्र्याउन तयार भएको अन्नबाली पूर्ण रूपमा क्षति भएको छ। पालिका कार्यालयबाट चामल, त्रिपाल, कम्बल र भाँडाकुँडासहितको राहत उपलब्ध गराउन अध्यक्ष मल्ल बोर्ता गएको प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले जानकारी दिए।
विस्थापित परिवारले भने तत्कालको छाक टार्नुभन्दा दीर्घकालीन रूपमा बस्ती विस्तारको माग गरेका छन्। प्रमुख प्रशासकीय अधिकृत भण्डारीका अनुसार सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्नुपर्ने देखिन्छ। यसको लागि गाउँपालिकाको एकल स्रोतले धान्न नसक्ने हुँदा संघीय सरकार र प्रदेश सरकारको सहयोग आवश्यकता रहेको अध्यक्ष मल्लले बताए।
बोर्ताका बाढीपीडितलाई राहत वितरण गर्दै पालिका अध्यक्ष मल्ल
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
२ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
२ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
२ हप्ता अघि
सुझावित समाचार
तीन अदालतमा न्यायाधीशको दरबन्दी घटाउन सिफारिस
काठमाडौं/ देशभरिका अधिकांश अदालतमा मुद्दाको तुलनामा न्यायाधीशको दरबन्दी अभाव छ। तीन अदालतमा भने दरदन्दी धेरै भएको भन्दै…
१० देशका राजदूत संसदीय सुनुवाइबाट अनुमोदित, साउदी अरेबिया र मलेसियाका लागि प्रस्तावित नाम अस्वीकृत
काठमाडौं- १० देशका लागि प्रस्तावित राजदूत संसदीय सुनुवाइबाट अनुमोदित भएका छन्। संसदीय सुनुवाइ समितिको बुधबार बसेको बै…
भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण
काठमाडौं/ रसुवाको भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ घरधुरीलाई सरकारले प्रतिपरिवार ४५ हजार रुप…
गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता
काठमाडौं/ भारत भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता भएको छ। जयशंकरले सामाजिक सञ्जा…
सरकारी अस्पतालका कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउन मन्त्रालयको पत्राचार
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य संघीय निकायमा कार्यरत राष्ट्रस…
सातै प्रदेशका मुख्यमन्त्रीको साझा घोषणा : अधिकार कार्यान्वयनका लागि अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मञ्च गठन
विराटनगर । संघीयता कार्यान्वयनका लागि संघीय सरकारसँग प्रहरी प्रशासन, कर्मचारी, वित्तीय स्रोत र संरचना हस्तान्तरणमा स्पष्टता खोज्दै …