सर्लाही २ मा सत्तागठबन्धनका आधिकारिक उम्मेदवार यादव

बुधबार, २६ असोज, २०७९
डिजिटल संस्करण

सर्लाही २ मा प्रतिनिधिसभाको चुनावका लागि सत्तागठबन्धनका आधिकारिक उम्मेदवार महेन्द्र राय यादव हुने भएका छन्। 

बुधबार बालुवाटारमा बसेको सत्तागठबन्धन बैठकले प्रतिनिधिसभाका लागि सर्लाही २ र प्रदेश सभातर्फ (१)  र (२) मा आधिकारिक उम्मेदवारबारे निर्णय गरेको हो।
 
मंसिर ४ को निर्वाचनका लागि आधिकारिक उम्मेदवार महेन्द्र राय यादव हुने सत्तागठबन्धनका शीर्ष नेताद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ। यस्तै, प्रदेश सभाको चुनावका लागि सर्लाही २ (क) मा सुनील साह र (ख)मा कौशलकिशोर राय उम्मेदवार रहेको विज्ञप्तिमा जनाइएको छ।

सुझावित समाचार