चितवन- ३ मा २ बजेसम्म पाँचजनाको मात्रै उम्मेदवारी

आइतबार, २३ असोज, २०७९
डिजिटल संस्करण

मंसिर ४ मा हुने निर्वाचनका लागि चितवन– ३ मा हालसम्म पाँचजनाको मात्र उम्मेदवारी परेको छ। दिउँसो २ बजेसम्म पाँचजनाले मात्र उम्मेदवारी दर्ता गराएकाे निर्वाचन अधिकृतको कार्यालय चितवनले जनाएको छ।

कार्यालयका अनुसार प्रतिनिधिसभातर्फ तीन र प्रदेश सभातर्फ दुईजनाको मनोनयनपत्र दर्ता भएको हो। दिइएको समयमा दलहरू मनोनयन दर्ताका लागि आइपुगेका छैनन् भने निर्वाचन अधिकृतको कार्यालयअघि कार्यकर्ताको उपस्थिति पनि कम छ।

सुझावित समाचार