पर्सा १ (क)मा जसपाका जन्नत अन्सारीको बागी उम्मेदवारी

आइतबार, २३ असोज, २०७९
डिजिटल संस्करण

पर्सा क्षेत्र नम्बर १ (क)बाट प्रदेश सभा सदस्य पदमा जन्नत अन्सारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। जनता समाजवादीका केन्द्रीय सदस्य अन्सारीलाई पार्टीले टिकट नदिएपछि बागी उम्मेदवारी दिएका हुन्।

पार्टीले गठबन्धन गरी एमालेलाई छाडेपछि निवर्तमान प्रदेश सभा सदस्यसमेत रहेका अन्सारीले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन्। विगतमा गरेको कामको मूल्यांकन गरेर जनताको चाहनाअनुसार उम्मेदवार बनेको उनको भनाइ छ।

सुझावित समाचार