नेपाल समाजवादी पार्टी चितवनको अध्यक्षमा सुरेश ढकाल

शुक्रबार, २४ भदौ, २०७९
डिजिटल संस्करण

जसपाबाट अलग भएका नेता बाबुराम भट्टराईको अगुवाइमा गठन भएको नेपाल समाजवादी पार्टी चितवनको अध्यक्षमा सुरेश ढकाल चयन भएका छन् । नेपाल समाजवादी पार्टी चितवन जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य पदम गुरुङको अध्यक्षतामा सम्पन्न जिल्ला पुनर्गठन भेलाले नाै सदस्यीय पदाधिकारीसहित ९९ जनाको समिति हुने गरी जिल्ला समन्वय समिति गठन गरेको हो । 

जसको उपाध्यक्षमा तुलाराम गुरुङ र विनोद शर्मा छन् । सचिवमा राजेश्वर रेग्मी, सहसचिवमा गौरी गुरुङ, लेखनाथ भुसाल, खिमानन्द कँडेल र कोषाध्यक्षमा माया पोख्रेल चयन भएका छन् ।

थप एक उपाध्यक्षसहित सदस्यहरू भने अहिले चयन भएको पदाधिकारीको पहिलो बैठकले चयन गर्ने सहसचिव लेखनाथ भुसालले बताए । जसपाबाट अलग भएका डा. भट्टराईले आफ्नै नेतृत्वमा पार्टी बनाएपछि अहिले देशभरि उनले पार्टी पुनर्गठन अभियान चलाएका छन् । 
 

सुझावित समाचार