टिकटक बनाउने क्रममा भिरबाट लडेर मृत्यु

आइतबार, १९ भदौ, २०७९
डिजिटल संस्करण

टिकटक बनाउने क्रममा भिरबाट लडेर दाङको तुलसीपुरमा एक व्यक्तिको मृत्यु भएको छ। शनिबार राति ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका– ३ साततलेको भिरमा टिकटक बनाउने क्रममा वडा नम्बर ५ का ३४ वर्षीय नवीन केसीको लडेर मृत्यु भएको हो।

टिकटक बनाउन लाग्दा खोल्सामा खसेर गम्भीर घाइते भएका केसीलाई उपचारका लागि राति नै प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको थियो। उनको हिजो राति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए।

सुझावित समाचार