अर्थ इतिहास : यसरी सुरु भयो हिमाल आरोहण

आइतबार, १९ भदौ, २०७९
डिजिटल संस्करण

सन् १९५० मा फ्रेन्च नागरिक मरिस हर्जोग र लुइस लाकनलले विश्व इतिहासमै पहिलोचोटि आठ हजार मिटर अग्लो हिमाल (अन्नपूर्ण) आरोहण गरे । त्यो आरोहणको सफलता संसारभरि चर्चाको विषय बन्यो । 

सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेपछि नेपाल संसारभरि हिमालयको देश भनेर चिनिन थाल्यो । त्यसपछि विश्वभरका सौखिन र साहसिक पर्वतारोही नेपालमा हिमाल आरोहण गर्न आउन थाले ।

नेपालको पर्वतीय पर्यटनको इतिहास सन् १९५० को दशकबाट सुरु भएको मानिन्छ । अहिले पनि देशको प्रमुख पर्यटकीय प्रडक्ट हिमाल आरोहण नै बनेको छ ।

सुझावित समाचार