फोहोर ढुवानी गर्न महानगरलाई पेसा तथा व्यवसाय क्षेत्रकाे सहयोग

ट्रान्सफर स्टेशनबाट उठाइयो ६० ट्रिपर फोहोर

बिहिबार, २ भदौ, २०७९
डिजिटल संस्करण
फोहोर ढुवानी गर्न महानगरलाई पेसा तथा व्यवसाय क्षेत्रकाे सहयोग

फाइल फाेटाे

काठमाडौं महानगरपालिकालाई फोहोर ढुवानी गर्न पेसा तथा व्यवसाय क्षेत्रबाट सहयोग सुरु भएको छ। यस क्रममा बिहीबार बिहान नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले पठाएका १८ वटा टिपर फोहोर बोकेर ल्यान्डफिल साइटतर्फ गएका छन्।

समितिले उपलब्ध गराएका टिपरलाई हरेक ट्रिपका लागि २३ लिटर डिजेल र श्रमिकलाई एक दिनको एक हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराइने महानगरले जनाएको छ। यता समानान्तर निर्माण सेवाले पूर्ण निःशुल्क सेवा दिने गरी ३० वटा टिपर उपलब्ध गराएको छ। यी टिपर पनि बिहानै फोहोर बोकेर ल्यान्डफिल साइट गएका छन्। महानगरले आफूसँग भएका १२ वटा कन्टेनरमा ट्रान्सफर स्टेसनको फोहोर पनि उठाएको छ।

फोहोर व्यवस्थापनका सहयोग गर्न आएका सहयोगीप्रति आभार प्रकट गर्दै महानगरका प्रमुख बालेन्द्र साह (बालेन)ले फोहोर व्यवस्थापन कार्यलाई वातावरण र जनस्वास्थ्यमैत्री बनाउने प्रयासमा जोड दिएको बताए। ‘लामो समयसम्मको अवरोधका कारण थुप्रिएको फोहोर उठाउनुपर्ने पहिलो दायित्व भएकाले योजना कार्यान्वयनमा केही समस्या भएको छ। तर, लक्ष्यमा म अडिग छु,’ प्रमुख साहले भने।

सुझावित समाचार