जनतामा एमालेको ठूलो प्रभाव छ : उपाध्यक्ष ज्ञवाली

मंगलबार, ३१ साउन, २०७९
डिजिटल संस्करण

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेको दाबी गरेका छन्।

नेकपा एमाले बाँकेले मंगलबार कोहलपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उपाध्यक्ष ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेकाले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमाले आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने तयारीमा रहेको बताए।

स्थानीय तहको निर्वाचनमा हासिल गरेको मतले एमाले अहिले पनि ठूलो दल भएको दाबी गर्दै उनले भने, ‘नीति, सिद्धान्त, विचार र पार्टीको सरकारले गरेका कामहरूले एमाले विजयी हुने बलियो आधार छ।’ एमालेलाई सबै दल मिलेर घेराबन्दी गरे पनि उनीहरूको लक्ष्य प्राप्त हुन नसक्ने नेता ज्ञवालीको दाबी छ। रासस

सुझावित समाचार