निर्वाचनका लागि हालसम्म ६८ दल दर्ता

मंगलबार, ३१ साउन, २०७९
डिजिटल संस्करण

आगामी संघ र प्रदेशको निर्वाचन प्रयोजनका लागि हालसम्म निर्वाचन आयोगमा ६८ दल दर्ता भएका छन्।  दिउँसो १ बजेसम्म आयोगमा ६८ दल दर्ता भएका आयोगले जनाएको छ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि दल दर्ताको समय आज सकिँदै छ।  आयोगले साउन २२ देखि साउन ३१ गते कार्यालय समयसम्म दल दर्ताको समय तोकेको थियो।

सुझावित समाचार