लेक लागेर बेहोस भएका तीनजनाको सशस्त्र प्रहरीद्वारा उद्धार

शनिबार, २८ साउन, २०७९
डिजिटल संस्करण

गोसाइँकुण्ड तीर्थबाट फर्कने क्रममा लेक लागेर बेहोस भएका तीनजनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। जनैपूर्णिमाका दिन शुक्रबार गोसाइँकुण्ड गाँउपालिका– ५ स्थित गोसाइँकुण्ड मेला भरेर फर्कने क्रममा लेक लागेर बेहोस भएका तीनजनाको सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाबाट गएको टोलीले उद्धार गरेको हो।

बेहोस हुनेहरूमा नुवाकोट जिल्ला ककनी गाँउपालिका– ८ का ४५ वर्षीय नारायण भण्डारी र विदुर नगरपालिका– ११ का २० वर्षीय साधना प्याकुरेल तथा धादिङ जिल्ला नीलकण्ठ नगरपालिका– ३ का १० वर्षीय निर्जीव दुवाडी रहेका छन्।

बेहोस भएकाहरूलाई पिठ्यूँमा बोकी धुन्चे अस्पताल ल्याउने क्रममा बाटोमै स्वास्थ्यमा सुधार आएपछि आफन्तको जिम्मा लगाई पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सुझावित समाचार