कांग्रेसले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने

मंगलबार, २४ साउन, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसले देशभरका स्थानीय तहका जनप्रतिनिधिहरूलाई अभिमुखीकरण तालिम दिने भएको छ। उपसभापति पूर्णबहादुर खड्का संयोजक रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले साउन ३० र ३१ गते पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागेको हो।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख तथा स्थानीय तहका प्रमुख र उपप्रमुखलाई पार्टी कार्यालयमा प्रशिक्षित गर्न लागिएको हो। कार्यक्रममा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यता रहने बताइएको छ।

सुझावित समाचार