प्रेस युनियन निर्वाचन : संस्थापनबाट अध्यक्षमा बिन्दु, महासचिवमा दुलाल उम्मेदवार

मंगलबार, ३ साउन, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनमा संस्थापन समूहका तर्फबाट अध्यक्षमा अनिता बिन्दुलाई उम्मेदवार बनाउने पक्का भएको छ।

स्रोतका अनुसार बालुवाटारमा बसेको बैठकले उम्मेदवार टुंगो लगाएको हो। त्यस्तै, वरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी र महासचिवमा जगन्नाथ दुलाललाई उम्मेदवार बनाउने तय भएको स्रोतले जानकारी दिएको छ।

करिब आठ वर्षपछि प्रेस युनियनको महाधिवेशन साउन ६ र ७ गते बागमती प्रदेशको राजधानी हेटौँडामा हुन लागेको छ।

सुझावित समाचार