राप्ती नदीमा पानी खतराको सतहभन्दा माथि, नदीआसपासका बासिन्दालाई सजग रहन प्रशासनको आग्रह

शनिबार, २५ असार, २०७९
डिजिटल संस्करण

राप्ती नदीमा पानीको सतह खतराको सतहभन्दा माथि आएपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सजग रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । यो समाचार तयार पार्दासम्म राप्ती नदीमा पानीको सतह पाँच दशमलव ६३ पुगेको छ । उक्त बाढी होलिया पुग्न चार घण्टा लाग्छ । 

कुसुमस्थित राप्ती नदीमा पानीको सतह पाँच दशमलव चार मिटर पुगे खतरा मानिन्छ । खतराको सतहमा पानी पुगे राप्ती नदीआसपासका बैजापुर, बिनौना, फत्तेपुर, डुडुवाको होलिया, बेतहनी, बनकट्टी, कम्दीलगायतका क्षेत्र डुबानमा पर्ने गरेका छन् ।
 
राप्ती नदीमा पानीको सहत खतराको सतहभन्दा पुगेकाले राप्ती नदीआसपासका सर्वसाधारणलाई सहज रहन र अत्यावश्यक वस्तु सुरक्षित ठाउँमा राख्न आग्रह गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले बताए । उनले सतर्कताका लागि नदी तटीय क्षेत्रमा फोन र साइरनमार्फत जानकारी गराइएको बताए । ‘बाढीबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि नदी तटीय क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ,’ उनले भने ।   

सुझावित समाचार