डेंगु संक्रमणबाट संखुवासभामा एकजनाको मृत्यु

बिहिबार, २३ असार, २०७९
डिजिटल संस्करण
डेंगु संक्रमणबाट संखुवासभामा एकजनाको मृत्यु

संखुवासभा अस्पताल

संखुवासभामा डेंगु संक्रमणका कारण बिहीबार एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको चैनपुर नगरपालिका–५ की ५६ वर्षीया सीतादेवी न्यौपाने रहेको जिल्ला अस्पताल संखुवासभाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पंकज गुप्ताले जानकारी दिए।

गुप्ताका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो। खाँदबारी ल्याइएपछि परीक्षण गर्दा उनलाई डेंगु पुष्टि भएको अस्पतालको भनाइ छ। उच्च ज्वरो, रुघाखोकीसमेतको लक्षण देखिएको उनको उपचारमा ढिलाइ हुँदा ज्यान गएको अस्पतालले जनाएको छ। डेंगुसँगै उनलाई निमोनिया पनि देखिएको थियो।

संखुवासभामा यही असार महिनामा मात्रै १७ जना डेंगु संक्रमित भेटिएका छन्। यो रोग लामखुट्टेको टोकाइबाट सर्ने भएकाले सचेत हुन अस्पतालले आग्रह गरेको छ।

सुझावित समाचार