सुक्खा पहिरोका कारण पृथ्वी राजमार्गमा दुईतर्फी अवरोध

आइतबार, १२ असार, २०७९
डिजिटल संस्करण

सुक्खा पहिरोका कारण पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द भएको छ । चितवनको इच्छाकामना गाउँपालिकाको  नाग्दी खोलामा माथिबाट सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरोध भएको हो ।

अहिले सडक डिभिजन कार्यालयसँगको समन्वयमा इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको प्रहरी टोलीले बाटो खुलाउने प्रयास गरिरहेको छ ।

सुझावित समाचार