बुधबारदेखि आन्तरिक उडान ठप्प पार्ने सञ्चालक संघको चेतावनी

मंगलबार, ७ असार, २०७९
डिजिटल संस्करण
बुधबारदेखि आन्तरिक उडान ठप्प पार्ने सञ्चालक संघको चेतावनी

प्रतिकात्मक तस्बिर ।

नेपाल वायुसेवा सञ्चालक संघले आफूहरूका माग सम्बोधन नभए बुधबारदेखि आन्तरिकतर्फका सबै उडान रोक्ने चेतावनी दिएको छ। मंगलबार पत्रकार सम्मेलन गरी पाँचबुँदे माग प्रस्तुत गर्दै संघले उडान रोक्ने चेतावनी दिएको हो।

सरकारले आन्तरिक उडानलाई मध्यनजर गर्दै यसअघि ल्याएका केही प्रावधानमा संघले आपत्ति जनाएको छ। हेलिकोप्टरमा दुई पाइलट हुनुपर्ने नियम खारेज गर्नुपर्ने, यात्रु सेवा शुल्क, ल्यान्डिङ, पार्किङ, नेभिगेसनलगायतकाे  शुल्क वृद्धि फिर्ता लिनुपर्ने, हेलिप्याड निर्माण गर्नुपर्ने, जहाज मर्मतसम्भारका लागि ह्यांगरलगायतका भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने, जहाज पार्किङ सहज बनाउनुपर्नेलगायत माग संघले राखेको छ।

संघले आफ्ना माग पूरा नभए बुधबारदेखि नै आन्तरिक उडान रोक्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई जानकारी गराएको छ।

सुझावित समाचार