अमेरिकी प्यासिफिक कमान्डका जनरल आउँदै

बुधबार, २५ जेठ, २०७९
डिजिटल संस्करण

प्रधान सेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणको पूर्वसन्ध्यामा अमेरिकी वरिष्ठ जर्नेल पाँच दिनका लागि नेपाल आउन लागेका छन् । अमेरिकी प्यासिफिक कमान्डका कमान्डिङ जनरल चार्ल्स ए फ्लाएन बुधबार नेपाल आउने तय भएको छ । अमेरिकी सेनाको विशेष विमानमा आउन लागेका चार्ल्स ३० जेठमा फर्किनेछन् । यो वर्ष नेपाल आउने उनी उच्च अमेरिकी सैनिक अधिकारी हुन् । 

नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालले अमेरिकी जनरल चार्ल्सको सद्भावना भ्रमण हुन लागेको जानकारी दिए । ‘कुनै विशेष एजेन्डा होइन, सद्भावना भ्रमणमा अमेरिकी जनरल चार्ल्स आउन लाग्नुभएको छ ।

हामी विस्तृत कार्यक्रममा गृहकार्य गरिरहेका छौँ,’ उनले भने । चार्ल्स चारतारे अमेरिकी जनरल हुन् । जनरल चार्ल्सले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्च नेपाली अधिकारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । 

See More On

सुझावित समाचार