बर्दिया घटनाको छानबिन गर्न सरकारद्वारा समिति गठन

मंगलबार, २४ जेठ, २०७९
डिजिटल संस्करण

बर्दियामा प्रहरीले चलाएको गोलीबाट एकजनाको निधन भएको घटनामा छानबिन गर्न सरकारले छानबिन समिति बनाएको छ। मंगलबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सो घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाइएको जानकारी दिए।

समितिमा वन तथा वातावरण मन्त्रालयका उपमहानिर्देशक वेदकुमार ढकाल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का सदस्य रहेका छन्। गृहमन्त्री खाणले छानबिन समितिले दिएको रिपोर्टअनुसार गल्ती गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सुझावित समाचार