थासाङ गाउँपालिका अध्यक्ष भन्छन्– पाइलटको फोनमा घन्टी लागिरहेको छ, लार्जुङखोचतिर जाँदै छौँ

आइतबार, १५ जेठ, २०७९
डिजिटल संस्करण

बेपत्ता तारा एयरको विमानको खोजीकार्य मुस्ताङको थासाङ गाउँपालिका– २ लार्जुङखोचमा केन्द्रित बनेको छ। थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनले पाइलटको फोनमा घन्टी लागिरहेको जानकारीका आधारमा त्यसतर्फ केन्द्रित बनेको जानकारी दिए। 

पाइलटको फोनमा घन्टी लागिरहेको र लोकेसन थासाङ गाउँपालिका– २ लार्जुङखोच भएको जानकारीका आधारमा हामी त्यसतर्फ जाँदै छौँ,’ उनले भने । लार्जुङखोच गाउँपालिका– २ को पश्चिम भागमा पर्छ।

सुझावित समाचार