देश विकासका लागि पद्धति र प्रणालीमा सुधार आवश्यक : स्वर्णिम वाग्ले

आइतबार, ८ जेठ, २०७९
डिजिटल संस्करण
देश विकासका लागि पद्धति र प्रणालीमा सुधार आवश्यक : स्वर्णिम वाग्ले

फाइल फाेटाे ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले देश विकासका लागि विद्यमान पद्धति र प्रणालीमा सुधार ल्याउनुपर्ने बताएका छन्। आइतबार काठमाडौंमा आफ्नो पुस्तक अतृप्त अवसर लोर्कापण तथा समसामयिक अर्थ–राजनीतिक विमर्शका क्रममा यस्तो बताएका हुन्।

नेताहरूको कुर्सी मात्रै जोगाउने राजनीतिक स्थिरताले केही दिन नसक्ने भन्दै उनले देश विकासका लागि नीतिगत सुनिश्चितता आवश्यक रहेको औँल्याए।

‘आफ्नै कुर्सी मात्रै जोगाउने स्थिरताले त केही दिँदो रहेनछ। नीतिगत सुनिश्चितता–त्योचाहिँ हुनुपर्याे । सरकारको तीनवर्षे, पाँचवर्षे नहेरौँ, लामो हेरौँ। अर्को नेताविशेषको ओज, नेताविशेषको करिश्माभन्दा पनि अन्ततः पद्धति र प्रणालीमा सुधार नगरीकन डेलिभरी हुँदो रहेनछ भन्ने कुरा हामीले निरन्तर देखिराखेको छौँ,’ उनले भने।

सुझावित समाचार