एनएमबि बैंकको प्रदेशस्तरीय कृषि कर्जा योजना सुरु

शुक्रबार, ९ बैशाख, २०७९
डिजिटल संस्करण

एनएमबि बैंकले प्रदेशस्तरीय ‘कृषि कर्जा योजना’ सुरु गरेको छ । बैंकले असार ३२ गतेसम्मका लागि योजना सञ्चालनमा ल्याएको हो । बैंकले प्रदेश १ का लागि पाथीभारा व्यावसायिक कृषि कर्जा, मधेस प्रदेशका लागि मधेस व्यावसायिक कृषि कर्जा, बागमती प्रदेशका लागि स्मार्ट कृषि कर्जा, गण्डकी प्रदेशका लागि गण्डकी व्यावसायिक कृषि कर्जा, लुम्बिनी प्रदेशका लागि बुद्धभूमि व्यावसायिक कृषि कर्जा, कर्णाली प्रदेशका लागि कर्णाली व्यावसायिक कृषि कर्जा र सुदूरपश्चिम प्रदेशका लागि सुदूरपश्चिम व्यावसायिक कृषि कर्जा योजना ल्याएको जनाइएको छ ।

कर्जा योजनाअन्तर्गत बैंकले स्थानीय कृषि उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सहज प्रक्रिया, सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा सहुलियत, डेबिट कार्डमा सहुलियत, बिमा तथा क्रेडिट कार्ड सुविधाजस्ता आकर्षण थपेको जनाइएको छ ।  

ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुजको सदस्यका रूपमा बैंकले कृषि फाइनान्सिङलाई प्राथमिकता दिँदै आइरहेको जनाएको छ । यो योजना दिगो व्यवसायका लागि बैंकका रणनीतिक स्तम्भहरूमध्ये एक भएको जनाइएको छ । दीर्घकालीन रणनीतिक उद्देश्यअनुरूप कृषिलाई केन्द्रमा राखी बैंकले समय–समयमा यस्ता योजनाहरू प्रस्तुत गर्दै आइरहेको उल्लेख गरेको छ । बैंकले हाल देशभरि दुई सय एक शाखा, एक सय ३९ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको जनाएको छ । 

See More On

सुझावित समाचार