जुम्लाको बाबिरामा भ्यान दुर्घटना, १० जना घाइते

मंगलबार, २९ चैत, २०७८
डिजिटल संस्करण

जुम्लाको तातोपानी गाउँपालिका–२ बाबिरा गाउँमा भ्यान दुर्घटना हुँदा १० जना घाइते भएका छन्। जुम्ला सदरमुकामबाट नाग्मतर्फ जाँदै गरेको भे १ ज १२२० नम्बरको भ्यान दुर्घटना हुँदा भ्यानमा सवार १० यात्रु घाइते भएका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिएका छन्।

चन्दका अनुसार घाइतेहरूलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ। केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ। तीव्रगतिमा रहेको भ्यान अनियन्त्रित भई कर्णाली राजमार्गदेखि तल खोलामा खसेको थियो।
 

सुझावित समाचार