दरबारमार्गस्थित बिजुली पसलमा करेन्ट लागेर एकको मृत्यु

आइतबार, २० चैत, २०७८
डिजिटल संस्करण

दरबारमार्गस्थित एक बिजुली पसलमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४४ वर्षीय सन्तकुमार मिश्र रहेका छन्। उनको दिउँसो  १ बजे कमलपोखरीस्थित हिमाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए। 

उनका अनुसार बिजुली मर्मत गर्दा मिश्रको मृत्यु भएकाे बुझिएको छ। करेन्ट लागेलगत्तै प्रहरीले उनलाई अस्पताल पुर्याएको थियो।
 

See More On

सुझावित समाचार