सप्तरीबाट ७८ किलो गाँजा बरामद

शनिबार, १२ चैत, २०७८
डिजिटल संस्करण

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोसी नदीको नहरनजिकैबाट लागुऔषध गाँजा बरामद भएको छ। सशस्त्र प्रहरी बल नम्बर ६ गण हेडक्वार्टर विष्णुपुर–६ का गणपति प्रदीप खड्काको नेतृत्वको टोलीले नहरनजिक रहेको झाडीबाट आज ७८ किलो गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प भारदहका अनुसार प्रहरीलाई देखेपछि गाँजाको पोका पारेका बोराहरू बेवारिसे अवस्थामा छाडेर तस्करहरू फरार भएका छन् । बरामद गाँजा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइने प्रहरीले जनाएको छ। रासस

सुझावित समाचार