सहरी विकासमन्त्री झाँक्रीद्वारा ट्राफिक प्रहरीलाई ह्विललक र म्याजिक लाइट हस्तान्तरण

बुधबार, ९ चैत, २०७८
डिजिटल संस्करण

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक व्यवस्थापनका उपकरणहरू हस्तान्तरण गरेकी छिन्। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीलाई बुधबार २० वटा ह्विललक र ८८ वटा म्याजिक लाइट हस्तान्तरण गरेकी हुन्। 

बढ्दो सवारीसाधन सँगसँगै ट्राफिक व्यवस्थापन तथा सडक फुटपाथका अनधिकृत पार्किङलाई निरुत्साहित एवं नियन्त्रण गर्न ट्राफिक व्यवस्थापनका उपकरण उपलब्ध गराएको मन्त्री झाँक्रीले बताइन्। 

उनले ट्राफिक प्रहरीलाई प्रविधियुक्त र साधन–स्रोतसम्पन्न बनाउनुपर्ने बताइन्। महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशीले यस्ता उपकरणले ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापनमा सहज हुने बताए।
 

See More On

सुझावित समाचार