देशभर गर्मी बढ्यो, तराईमा लु चल्न सक्ने

शनिबार, ५ चैत, २०७८
डिजिटल संस्करण

धरानको तापक्रममा ‘रेकर्ड ब्रेक’ : मार्च महिनाको तापक्रम २३ वर्षयताकै उच्च

गर्मी बढेसँगै धरानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गरेको छ । मार्च (मध्य फागुनदेखि मध्य चैत)को तापक्रम हालसम्मकै बढी रेकर्ड भएको हो । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार धरानमा ३ चैतमा ३७.७ डिग्री सेल्सियस तापक्रम मापन भएको छ, जुन चैतमा २३ वर्षयताकै सबैभन्दा बढी तापक्रम हो । 

वरिष्ठ मौसमविद् इन्दिरा कँडेल भन्छिन्–
मार्चदेखि नै अधिकतम र न्यूनतम तापक्रम औसतभन्दा बढी छ । मनसुनी प्रणाली नहुँदा आकाश खुला छ । गर्मीयाममा नेपालमा पृथ्वी सतहबाट सूर्य नजिक र सीधा हुन्छ, जसले घाम तातो हुन्छ ।

धरानमा गत वर्ष मार्चमा अधिकतम तापक्रम ३५.४ डिग्री मापन भएको थियो । त्यस्तै, २९ मार्च २०१४ मा ३६.६, १९ मार्च २०१० मा ३६.२ र ३१ मार्च २००७ मा ३६ डिग्री मापन भएको थियो । शुक्रबार (४ चैत)मा भने धरानमा तापक्रम केही घटेर ३७.२ डिग्री मापन भएको छ । 

‘धरानमा चैत–वैशाखमा योभन्दा पनि बढी तापक्रम देखिन्छ, तर चैत पहिलो सातामै ३७.७ डिग्री पुगेको पहिलोपटक हो,’ मौसमविद् कँडेलले भनिन्, ‘वर्षा हुने मौसमी प्रणाली छैन, त्यस क्षेत्रमा हावाको बहाव पनि धीमा भएको हुन सक्छ ।’ ३ चैतमा देशभरका २० वटा स्टेसनमध्ये धरानको अधिकतम तापक्रम सबैभन्दा बढी हो । त्यसपछि विराटनगरको तापक्रम ३५.५ डिग्री मापन भएको छ । धरानमा हालसम्म सबैभन्दा बढी तापक्रम भने १२ अप्रिल २०१३ मा ३८.८ डिग्री मापन भएको छ । तर, यस वर्ष चैत पहिलो साता नै तापक्रम अत्यधिक बढेको देखिन्छ । 

काठमाडौंमा यस वर्ष हिउँदपछिको सबैभन्दा बढी तापक्रम
काठमाडौंको तापक्रम पनि निरन्तर उकालो लागिरहेको छ । यस वर्ष काठमाडौंमा हिउँदपछिको सबैभन्दा बढी तापक्रम शुक्रबार ३१.३ डिग्री मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि १ चैतमा ३१.१ डिग्री मापन भएकोमा २ चैतमा वर्षा हुँदा २९.५ मा झरेको थियो । ३ चैतमा तापक्रम २८.८ डिग्री पुगेको थियो । 

गत वर्ष २१ मार्चको काठमाडौंको अधिकतम तापक्रम २८.७ डिग्री सेल्सियस थियो, जुन सो महिनाको सबैभन्दा बढी तापक्रम हो । यद्यपि, यो अवधिमा शुक्रबारको तापक्रम रेकर्ड ब्रेक भने होइन । यसअघि २४ मार्च २०१० मा ३३ डिग्री रेकर्ड भएको थियो । काठमाडौंको अधिकतम तापक्रम ७ मे १९८९ मा ३६.६ डिग्री मापन भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले भने–
भारतको राजस्थान, मध्यप्रदेश क्षेत्रमा तातो हावा चलिरहेको छ, नेपालका तराईमा तापक्रम बढ्नुमा यसको असर पनि हुन सक्ने प्रारम्भिक अनुमान छ । यसरी नै तापक्रम बढ्दै गएमा तराईमा तातो हावा चल्न सक्ने देखिन्छ ।

तराईमा लु चल्न सक्ने चेतावनी
गर्मीयामसँगै देशभरको तापक्रम बढेको छ । विशेषगरी तराईको तापक्रम अझ बढिरहेको छ । हरेक दिन तापक्रम बढ्दै जान थालेपछि मौसम पूर्वानुमान महाशाखाले तराईमा तातो हावा अर्थात् लु चल्न सक्ने चेतावनी दिएको छ । ‘भारतको राजस्थान, मध्यप्रदेश क्षेत्रमा तातो हावा चलिरहेको छ, नेपालका तराईमा तापक्रम बढ्नुमा यसको असर पनि हुन सक्ने प्रारम्भिक अनुमान छ,’ मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले भने, ‘यसरी नै तापक्रम बढ्दै गएमा तराईमा तातो हावा चल्न सक्ने देखिन्छ ।’

शुक्रबार सबैभन्दा बढी तापक्रम धरानमा ३७.२ डिग्री र जनकपुरमा ३७ डिग्री मापन भएको छ । जनकपुरमा बिहीबार ३५ डिग्री मात्र थियो । शुक्रबार भैरहवामा ३६.८, सिमरामा ३६.५, विराटनगरमा ३६.२, धनगढीमा ३५.२ र नेपालगन्जमा ३४.६ डिग्री मापन भएको छ । बिहीबार भैरहवामा ३३.९, सिमरामा ३४.८, विराटनगरमा ३५.५, धनगढीमा ३३.२ र नेपालगन्जमा ३३.३ डिग्री मापन भएको थियो । तर, भैरहवामा तापक्रम एक दिनमै २.९ डिग्रीले बढेको छ । 

तराई मात्र होइन, पहाडी क्षेत्रमा पनि तापक्रम बढेको छ । शुक्रबार दिपायलको अधिकतम तापक्रम ३४.२ पुगेको छ । त्यस्तै, वीरेन्द्रनगरमा ३२.६, घोराहीमा ३२.८, ओखलढुंगामा २८.४ र जुम्लामा २७ डिग्री मापन भएको छ । महाशाखाका अनुसार हाल नेपालमा कुनै मौसमी प्रणाली सक्रिय छैन । केही पहाडी क्षेत्रमा स्थानीय वायुका कारण बदली हुने गरे पनि बाँकी क्षेत्रमा मौसम सफा छ ।

वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार पूर्वी नेपालमा तापक्रम झन् बढिरहेको छ । ‘मार्चदेखि नै अधिकतम र न्यूनतम तापक्रम औसतभन्दा बढी छ । मनसुनी प्रणाली नहुँदा आकाश खुला छ । गर्मीयाममा नेपालमा पृथ्वी सतहबाट सूर्य नजिक र सीधा हुन्छ, जसले घाम तातो हुन्छ,’ उनले भनिन् ।

शुक्रबारको तापक्रम : सबैभन्दा धेरै धरानमा ३७.२ डिग्री, कम जुम्लामा २७ डिग्री 

सुझावित समाचार