संवैधानिक इजलास : १४ मुद्दामा पेसी, सुनुवाइ सुरु

बुधबार, २५ फागुन, २०७८
डिजिटल संस्करण

सर्वोच्च अदालतले संवैधानिक इजलासमा १४ मुद्दाको पेसी तोकेको छ। सर्वाेच्चमा पाँच महिनापछि बुधबार दोस्रोपटक इजलास बसेको हो। १३ असोजपछि गत शुक्रबार पहिलाेपटक इजलास बसेको थियाे। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले वरिष्ठताका आधारमा इजलास गठन गरेका छन्। इजलासमा वरिष्ठताका आधारमा न्यायाधीशहरू मीरा खडका, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडालाई समावेश गरिएको छ। 

संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि बहालवाला प्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरा हाल निलम्बनमा छन् । जबरा विवादमा तानिएपछि सर्वोच्च अदालतमा पाँच महिनाभन्दा बढी समयसम्म इजलास बस्न सकेको थिएन।

सुझावित समाचार