ट्रक ड्राइभरहरूको प्रदर्शनपछि क्यानडाको ओटावामा संकटकाल घोषणा

सोमबार, २४ माघ, २०७८
डिजिटल संस्करण

कोभिड- १९ विरुद्धका प्रतिबन्धहरूको विरोधमा ट्रक ड्राइभरहरूको प्रदर्शन नरोकिएपछि क्यानडाको राजधानी ओटावामा संकटकाल घोषणा गरिएको छ। ओटावाका मेयर जिम वाट्सनले सहरको अवस्था नियन्त्रणबाहिर गएको बताएका छन्।

ओटावामा प्रदर्शनकारीहरूको संख्या प्रहरीभन्दा धेरै भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। प्रदर्शनका कारण नगरवासीहरूको सुरक्षामा खतरा उत्पन्न भएको मेयर वाटसनलाई उदृत गर्दै बिबिसीले जनाएको छ।

ट्रक ड्राइभरहरूले राजधानीको केन्द्रमा ट्रक तेर्स्याएका र टेन्ट लगाएका कारण सडक अवरुद्ध भएको जनाइएको छ। कोरोना भाइरसविरुद्धको खोप अनिवार्य गर्ने सरकारी निर्णयविरुद्ध ट्रकचालकहरूले पछिल्लो एक सातादेखि ओटावामा प्रदर्शन गरिरहेका छन्। एजेन्सी

सुझावित समाचार