रेसुंगा विमानस्थलको ८०% भन्दा बढी काम सम्पन्न

शनिबार, २२ माघ, २०७८
डिजिटल संस्करण

रेसुंगा विमानस्थलको ८० प्रतिशतभन्दा बढी काम सकिएको छ । अहिले धावनमार्ग कालोपत्रे र टर्मिनल भवन तथा कन्ट्रोल टावर निर्माणको काम भइरहेको छ । विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर निर्माणका लागि बिकोई श्रेष्ठ जेभीले ४ चैत ०७६ मा चार करोड पाँच लाख २९ हजार ६ सय १० रुपैयाँमा सम्झौता गरेको छ ।

धावनमार्ग निर्माणको काम भने रौताहा हरिहरि जेभीले सात करोड २५ लाख रुपैयाँमा गरिरहेको छ । धावनमार्ग पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको रहेको छ । त्यस्तै, विमानस्थल घेराबारको काम सकिएको छ ।

मौसम हरिश निर्माण सेवा डोल्पाले १६ पुस ०७६ मा ९१ लाखमा घेराबारको काम गरेको विमानस्थल सहायक आयोजना प्रमुख इन्जिनियर दिनेश परियारले जानकारी दिए । रेसुंगा नगरपालिका–१० सिमीचौरमा निर्माणाधीन विमानस्थलमा २७ जेठ ०७५ मा परीक्षण उडान गरिएको थियो । 

सुझावित समाचार