डिम्याट खाता खोल्नेको संख्या ४८ लाख नाघ्यो

सोमबार, १० माघ, २०७८
डिजिटल संस्करण

पुुस अन्तिम सातासम्म नेपालमा डिम्याट खाता खोल्नेको संख्या झन्डै ५० लाख पुगेको छ । यो वर्षको असारदेखियता मात्र डिम्याट खाता खोल्ने संख्या १३ लाखले वृद्धि भएर ४८ लाख पाँच हजार आठ सय २० पुगेको हो ।  त्यस्तै, मेरो सेयरको प्रयोगकर्ता पछिल्लो असारसम्ममा २६ लाख रहेकोमा हाल ३९ लाख १७ हजार पुगेका छन् । मेरो सेयर प्रयोगकर्ताको संख्या पनि १३ लाख नै बढेको छ । डिम्याट खातापछि अनिवार्य रूपमा मेरो सेयरको पनि खाता खोल्नुपर्छ ।

कोरोना भाइरसको महामारीपछि डिम्याट खाता खोल्नेको संख्या बढेको सिडिएस क्लियरिङ प्रवक्ता सुरेश न्यौपानेले बताए । बढ्दो बजार र छिटो नाफा आर्जन गर्न सक्ने भएकाले पनि यसप्रति आकर्षण चुुलिएको उनको भनाइ छ । उनले भने, ‘यो संख्या दैनिक बढ्नेक्रम जारी छ । केही व्यक्तिले दुुईवटा खाता खोलेका छन् । त्यस्तो अवस्था देखिएमा कारबाही पनि हुन्छ ।’ 

सेयर बजारमा बढ्दो प्रभावले पुुँजी बजारलाई नयाँ ढंगबाट सञ्चालन गर्र्नुुपर्ने सेयर बजार दबाब समूूहका महासचिव नयन बास्तोला बताउँछन् । यो संख्या मासिक लाखौँको संख्यामा पुुँजी बजारमा प्रवेश गर्दै छन् । भात–भान्सासँग जोडिएको यस विषयलाई सरकारले गम्भीरतापूूर्वक लिनुपर्ने टड्कारो बनेको बताए । त्यस्तै, सि–आस्बामा रजिस्टर भएका बैंकको संख्या वाणिज्य बैंक र विकास बैंक, फाइनान्स गरी ५५ वटा समावेश भएका छन् ।  
 

सुझावित समाचार