होटेल तथा सिनेमा हल प्रवेशका लागि खोप कार्ड अनिवार्य

आइतबार, २५ पुष, २०७८
डिजिटल संस्करण

सरकारले होटेल तथा सिनेमा हल प्रवेशका लागि खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको छ। आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को बैठकले सार्वजनिक सेवा प्रदायक कार्यालयका लागि पनि उक्त निर्णय गरेको हो।

माघ ७ गतेपछि आन्तरिक उडानमा खोप कार्ड अनिवार्य गरिएको हो। यस्तै, विदेशबाट आउनेहरूका लागि पूर्ण मात्रामा खोप लगाएको र बाेडिङ पास जारी हुनुभन्दा ७२ घण्टाभित्रको पिसिआर नेगेटिभ भएका यात्रुलाई मात्र नेपाल प्रवेशका लागि वायुसेवाले बाेडिङ पास जारी गर्नुपर्ने थप स्पष्ट पारेको छ। यस्तै, सार्वजनिक स्थानमा २५ जनाभन्दा बढीको संख्यामा भेला हुन रोक लगाएको छ। 

सुझावित समाचार