माओवादीको केन्द्रीय समिति बैठक सकियो, राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय अनुमोदन

आइतबार, ११ पुष, २०७८
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सकिएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले आठौँ राष्ट्रिय महाधिवेशन गर्ने प्रस्ताव पारित गरेको छ। बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने स्थायी कमिटी बैठककाे निर्णय अनुमाेदन गरेको हो। 

शनिबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको थियो। केन्द्रीय समिति बैठकलगत्तै स्थायी कमिटी बैठक बसिरहेको छ।

सुझावित समाचार