६० तोला सुन चोरी : तीन महिनासम्म पक्राउ परेनन् अभियुक्त

बिहिबार, २ मंसिर, २०७८
डिजिटल संस्करण

तीन महिनाअघि काठमाडौंमा भएको एक ठूलो चोरी घटनाको अनुसन्धानमा प्रहरी असफल भएको छ। २२ भदौमा बुढानीलकण्ठ नगरपालिका भंगाल बस्ने गणेशलाल श्रेष्ठको घरमा करिब ६० तोला सुनका गहनासहित धनमाल चोरी भएको थियो । 

घरमा बुहारी मात्र भएको अवस्थामा चोरी भएको थियो। घरको मूल ढोका फुटाइएको र दराजमा रहेका धनमाल चोरी भएको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका दिए। लामो समयसम्म पनि अभियुक्त पक्राउ नपर्दा पीडित परिवार निराश बनेको छ ।
 
करिब ६० तोला सुनका गहनासहित ७० हजार नगद, केही विदेशी मुद्रा तथा चाँदीका गहना चोरी भएको हो । सुरुमा महानगरीय प्रहरी वृत्त महाराजगन्जले घटनाको अनुसन्धान गरेकोमा पछिल्लो समय महानगरीय अपराध महाशाखाले पनि अनुसन्धान गरिरहेको छ। घरकै परिवारका सदस्यको भनाइसमेत पटकपटक फेरिएकाले पनि घटना रहस्यमय बनेको अनुसन्धानमा आबद्ध एक प्रहरीले बताए। 

महाराजगन्ज वृत्तका डिएसपी प्रवेश विष्टले शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरी सोधपुछको काम भइरहेको बताए। प्रहरीले प्राथमिकताका साथ सो घटनाको अनुसन्धान गरिरहेको उनको भनाइ छ।

सुझावित समाचार