ट्विटर पोलपछि एलन मस्कले बेचे पाँच विलियन डलरबराबरको सेयर

बिहिबार, २५ कार्तिक, २०७८
डिजिटल संस्करण

विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सिइओ एलन मस्कले पाँच विलियन डलरबराबरको सेयर बिक्री गरेका छन्। कर तिर्ने प्रयोजनका लागि १० प्रतिशत सेयर बेच्ने विषयमा ट्विटरमा गरेको पोलपछि उनले टेस्लाको सेयर बेचेका हुन्।

फोर्ब्सका अनुसार ४.५ मिलियन सेयर रहेको टेस्ला कम्पनीमा उनले आफ्नो कुल हिस्सेदारीको तीन प्रतिशत सेयर बिक्री गरेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनले केही दिनअघि ट्विटर प्रयोगकर्ताको धारणाअनुसार निर्णय लिने भन्दै टेस्लामा रहेको आफ्नो सेयर बेच्ने वा नबेच्ने विषयमा मत सर्भेक्षण (पोल) गरेका थिए।

ट्विटर पोलमा सहभागी करिब ५८ प्रतिशत प्रयोगकर्ताले मस्कले टेस्लामा रहेको सेयर बिक्री गर्नुपर्ने मत जाहेर गरेका थिए। पोलको नतिजाअनुसार उनले कम्पनीको सेयर बिक्री गरेका हुन्। मस्कको ट्विटर पोलपछि मंगलबार कम्पनीको सेयर मूल्य करिब १२ प्रतिशतले घटेर एक ट्रिलियन क्लबबाट आफ्नो स्थान गुमाउने अवस्थामा पुगेको थियो।

सुझावित समाचार