आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, ग्यास प्रतिसिलिन्डर १,५७५ रुपैयाँ पुग्यो

बुधबार, २४ कार्तिक, २०७८
डिजिटल संस्करण

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको हो। खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएको छ। अब ग्यास प्रतिसिलिन्डर १,५७५ रुपैयाँ पुगेको छ। 

अब पेट्रोल प्रतिलिटर १३६ तथा डिजेल र मटितेल प्रतिलिटर मूल्य ११९ रुपैयाँ भएको छ। आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ बढाएर १०१ रुपैयाँ पुर्‍याएको छ। 

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ।

बढेको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।  निगमले गत १२ कात्तिकमा पनि मूल्य बढाएको थियो ।

सुझावित समाचार