जबराविरुद्धको आन्दोलनमा साथ दिन सेवाग्राहीलाई बारको आग्रह

मंगलबार, २३ कार्तिक, २०७८
डिजिटल संस्करण

नेपाल बार एसाेसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनमा साथ दिन सेवाग्राहीहरूलाई आग्रह गरेको छ। मंगलबार सर्वोच्च अदालत परिसरमा भएको धर्नापछि आयोजित कोणसभामा बोल्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सेवाग्राहीसँग यस्तो अनुरोध गरेका हुन्।

उनले जबराविरुद्धको आन्दोलनलाई सशक्त बनाउन यही २५ गते बिहीबारदेखि काठमाडौं उपत्यकाभित्रका सबै अदालतहरूमा दुई घन्टा इजलास नबस्ने बताए। बिहान १० बजेदेखि १२ बजेसम्म काठमाडौं उपत्यकाभित्रका उच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, न्यायाधिकरणमा इजलास नबस्ने निर्णय गरिएको श्रेष्ठले जानकारी दिए।

बारले आह्वान गरेअनुसार सो इजलासमा नबस्न न्यायाधीशहरू र अदालतका कर्मचारीहरूलाई पनि आग्रह गर्दै उनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आफूहरूको आन्दोलन जारी रहने चेतावनी दिए।

सुझावित समाचार