पानीमा डुबेकाे धान उठाउँदै तिमल्सिनादम्पती

बिहिबार, ४ कार्तिक, २०७८
डिजिटल संस्करण

बेमौसमी झरीका कारण देशभरका किसान मारमा परेका छन् । काटेर भित्र्याउने वेलाकाे धान वर्षाले डुबानमा पारेपछि किसानहरू चिन्तित मात्र बनेका छैनन् धेरैजसोको आम्दानीको स्रोत नै गुमेको छ । कति किसान यतिवेला बाढीले डुबाएका धान हेर्दै रोइरहेका छन् भने कति किसान थोरै आशा बोकेर ढलेका धान उठाइरहेका छन् । 

भरतपुर महानगरपालिका– १३ का हरिप्रसाद तिमल्सिना र उनकी श्रीमती विष्णुमाया ढलेको धान उठाउँदै छन् ।  तिमल्सिनादम्पतीको मुख्य आम्दानीको स्रोत नै धान हाे । लगातारको झरीले पाक्दै गरेको  धान ढलेपछि उनीहरू यो कष्ट गर्न बाध्य छन् । आफ्नै जमिन कम भएका तिमल्सिनादम्पतीले  अरूको २५ कट्ठा खेत ठेक्कामा धान लगाएका छन् । चिन्तित मुद्रामा उनीहरू भन्छन्, ‘धानको त आस भएन पराल भने नी बचाउन सकिन्छ कि भनेर यो कष्ट गर्दै छौँ ?

See More On

सुझावित समाचार