राप्ती नदीमा पानीको सतह खतरानजिक पुगेको छ । यो समाचार तयार पार्दासम्म राप्ती नदीको कुसुममा पानीको सतह पाँच मिटर पुगेको राप्ती नदीको कुसुमस्थित जलमापन केन्द्रले जनाएको छ ।
कुसुमस्थित राप्ती नदीमा पानीको सतह पाँच मिटर पुगे सतर्कता सतह मानिन्छ । ५.४० मिटर पुगेमा खतरा मानिन्छ । नदीमा पानीको सतह बढ्दै गएकोले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला विपद् व्यवस्थापन केन्द्र, बाँकेले अनुरोध गरेको छ ।
यो बाढी यस वर्षकै सबैभन्दा ठूलो भएको जलमापन केन्द्र कुसुमका गेजरिडर भद्रबहादुर थापाले बताए ।