सभामुख सापकोटाविरुद्धका मुद्दाको पेसी संवैधानिक इजलासमा

बुधबार, १३ असोज, २०७८
डिजिटल संस्करण

सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा संवैधानिक इजलासमा पेसी तोकिएको छ। सर्वोच्च अदालतले सापकोटाविरुद्धको अदालतको अवहेलना र द्वन्द्वकालीन मुद्दा गरी तीन मुद्दामा सुनुवाइ तोेकेको हो।

सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको संयोजकत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सम्मिलित इजलास गठन गरिएको छ। 

सापकोटाविरुद्ध द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्याको आरोप लागेको छ। यसविरुद्ध लामाकी पत्नी पूर्णिमाया लामा, कनकमणि दीक्षित र सुशील प्याकुरेललगायतले छुट्टाछुट्टै मुद्दा दर्ता गराएका थिए।

सभामुख सापकोटाविरुद्ध हत्या आरोपमा अनुसन्धान हुनुपर्ने माग गर्दै ०६८ मा सर्वोच्चमा मुद्दा दायर भएको थियो।
 

सुझावित समाचार