होन्डा कारको ‘फेस्टिभ बोनान्जा’ योजना

बुधबार, १३ असोज, २०७८
डिजिटल संस्करण

नेपालका लागि होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले दसैँ, तिहार र छठलाई लक्षित गर्दै ‘होन्डाको फेस्टिभ बोनान्जा’ नामक प्रवद्र्धनात्मक कार्यक्रम ल्याएको छ ।  

योजनाअनुसार नयाँ होन्डा कार खरिद गर्ने ग्राहकले हात खाली नजाने गरी दुई लाख रुपैयाँसम्मको नगद छुट, एक वर्षसम्मका लागि फ्री इन्स्योरेन्स, एक वर्षसम्मका लागि फ्री रोड ट्याक्स, तीन वर्षसम्मका लागि फ्री सर्भिसिङ, तीन वर्षसम्मका लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुटका साथै अन्य उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

यसका साथै हरेक १५ दिनमा एकजना भाग्यशाली ग्राहकले तीन लाख ५० हजार रुपैयाँसम्मको क्यासब्याक जित्न सक्ने कम्पनीले जनाएको छ ।  

See More On

सुझावित समाचार