मकवानपुरमा तीन स्कुले बालिकालाई खोलाले बगायो, एकको मृत्यु, दुई पौडिएर बाँचे

बुधबार, १३ असोज, २०७८
डिजिटल संस्करण

मकवानपुरको राक्सिराङमा विद्यालयबाट घर गइरहेका विद्यार्थीलाई खोलाले बगाउँदा एकजनाको ज्यान गएको छ भने दुईजना पौडिएर बाँच्न सफल भएका छन् ।

खोलाले बगाउँदा स्थानीय देवीटार माध्यमिक विद्यालयमा कक्षा पाँचमा अध्ययनरत बालिका मनितामाया थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । 

मंगलबार  विद्यालयबाट खाजा खानका लागि घर जानेक्रममा तीन बालिकालाई खोलाले बगाएको र दुईजना पौडिएर निस्कन सफल भएको, तर एकजना बेपत्ता भएको खबर प्राप्त हुनासाथ स्थानीयवासी र प्रहरीले खोजी गरेका थिए ।

साँझ बालिकाको शव फेला परेको प्रहरी नायव निरीक्षक  रिमालले बताए । मृत्यु हुने बालिका राक्सिराङ– ८ का कृष्णबहादुर थिङकी १२ वर्षीया छोरी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक बालिकाको शव डेढ किलोमिटर तल भेटिएको थियो । 

सुझावित समाचार