दसैँका लागि अग्रिम टिकट बुकिङ गर्नेहरूकाे भिड (तस्बिरमा)

सोमबार, ११ असोज, २०७८
डिजिटल संस्करण

आज सोमबारदेखि चाडबाडमा घर फर्कनेहरूलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुलेको छ। गोंगबुस्थित नयाँ बसपार्कमा टिकट काट्न आउनेहरूको बिहानैदेखि भिड लागेको छ।

यातायात व्यवस्था विभाग र यातायात व्यवसायी केन्द्रीय महासंघले उपत्यकाभित्र आठ स्थानबाट टिकट काट्न सकिने व्यवस्था मिलाएका छन्।  बिहान ६ बजेदेखि टिकट काउन्टर खोलिएको छ। कोटेश्वर, गौशाला, नयाँ बसपार्क, सुन्धारा, बल्खु, भक्तपुर बसपार्क, जगाती, कलंकीलगायतका ठाउँबाट टिकट काट्न सकिनेछ।

तस्बिरहरू :

सुझावित समाचार