औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नम्बर १३ बस्ने २२ वर्षीय पिन्टुकुमार राय र सोही ठाउँ बस्ने १२ वर्षीय रितेशकुमार सिंह रहेको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
गए राति ८ बजे औरही बजारमा फलफूल किन्दै गर्दा पक्राउ परेका उनीहरूको साथबाट एक हजारका २२ थान, पाँच सयका तीन थान, सयको २७ थान, ५० रुपैयाँको छ थान, २० को आठ थान, १० को ११ थान, पाँचको ६ थान र भारु सयको तीन थान नोट बरामद गरेको थियो । पक्राउ परेका दुवैजनालाई अनुसन्धानका लागि आज बिहान जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।
नक्कली नोटसहित दुई भारतीय पक्राउ
वसिम आलम दसैँ मनाउँछन्, भाइटीका लगाउँछन्
१ हप्ता अघि
सुझावित समाचार
आनीको नियुक्तिविरुद्धको रिटमा कारण देखाऊ आदेश
काठमाडौं/ लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्माको नियुक्तिविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आद…
दानबहादुरको रिटमा अन्तरिम आदेश दिन अस्वीकार (आदेशसहित)
काठमाडौं/ आइजिपीबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्य…
२० हजार घुससहित पक्राउ परेका हुलाकका नासु रिजालविरुद्ध मुद्दा दायर
काठमाडौं । गोश्वारा हुलाक कार्यालय, पार्सल शाखा, डिल्लीबजारमा कार्यरत नायव सुब्बा छविप्रसाद रिजालविरुद्ध २० हजार रुपै…
जुम्लाका पत्रकार ‘सामूहिक गिरफ्तारी’ दिन प्रशासनमा
जुम्ला । पत्रकारमाथि भएको धरपकड र गिरफ्तारीको विरोध गर्दै नेपाल पत्रकार महासंघ जुम्ला शाखाले आन्दोलन गरेको छ। आन्दोलनका कार्यक्रम…
दानबहादुरको रिटमा बहस सकियो, आदेशको तयारी
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमा बहस सकिएको छ। दुवै पक्षको बहसपछि सर्वाे…
धनकुटामा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना
धनकुटा । धनकुटामा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गरिएको छ। धनकुटासहित संखुवासभा र भोजपुर तीन जिल्ला कार्यक्षेत्र रहने…