खोलाले बगाएर आठ वर्षीय बालकको निधन

बुधबार, ३० भदौ, २०७८
डिजिटल संस्करण

काभ्रेको रोशी गाउँपालिकामा रोशी खोलाले बगाएर आठ वर्षीय बालकको निधन भएको छ। विद्यालयबाट घर फर्कने क्रममा खोलामा पौडी खेल्दा बालकलाई खोलाले बगाएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार रोशी गाउँपालिका– ५ का कक्षा ३ मा अध्ययनरत ८ वर्षीय अवि तामाङकाे खोलाले बगाएर मृत्यु भएको हो। 

मंगलबार विद्यालयबाट घर फर्कने क्रममा रोशी गाउँपालिका– ९ स्थित रोशी खोलामा पौडी खेल्दाखेल्दै बगाएको खतिवडाले जानकारी दिए। बालकलाई खोलाले बगाएको सूचना प्राप्त हुना साथ इलका प्रहरी कार्यालय मंगलटारका प्रहरी र स्थानीयहरूले खोज्दै जाँदा रोशी गाउँपालिका– ११ कालढुंगास्थित खोला किनारमा शव फेला पारेको प्रहरीले जानकारी दिएको छ। बालकको शवलाई पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखेको प्रहरीले जानकारी दिए।
 

See More On

सुझावित समाचार