करणी अभियोगमा ओखलढुंगाका एक व्यक्ति पक्राउ

शुक्रबार, १८ भदौ, २०७८
डिजिटल संस्करण

ओखलढुंगामा करणी आरोपमा एक युवा पक्राउ परेका छन्। १६ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा सुनकोसी गाउँपालिका– ९ कटुञ्जेका ३३ वर्षीय भोला कटवाललाई प्रहरीले पक्राउ गरेको हो।

सोलुखुम्बु घर भएकी ती किशोरीलई गत आइतबार सिद्धिचरण नगरपालिकास्थित एक गेस्टहाउसमा लगेर करणी गरेको उजुरी परेपछि कटवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए।

बुधबार पक्राउ परेका कटवाललाई म्याद थप गरी घटनाका विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

सुझावित समाचार