भरतपुर अस्पतालमा अख्तियारको छापा

बिहिबार, १७ भदौ, २०७८
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर अस्पतालमा छापा मारेको छ। औषधी खरिदमा अनियमितता भएको गुनासो आएपछि आयोगको कार्यालय हेटौंडाले अस्पतालमा छापा मारेको हो।

औषधी खरिदमा अनियमितता भएको, एउटासँग ठेका गरेर अरु सँग औषधी खरिद गरेको गुनासो कार्यलयमा आएपछि अनुसन्धानका लागि अस्पतालको कागपत्र नियन्त्रणमा लिइएको आयोगको हेटौंडास्थित कार्यालयका सुचना अधिकारी विष्णु सापकोटाले जानकारी दिए।

सुझावित समाचार