सोमबारदेखि मनसुन सक्रिय भई देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ। मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभागनजिक बिस्तारै आउने क्रम सुरु भएकाले सोमबारदेखि मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए।
‘आज रातिसम्म उक्त रेखा नेपालको तराई भूभागसम्म आइपुग्ने सम्भावना रहेकोले मनसुन सक्रिय भई बुधबारसम्म वर्षा हुने सम्भावना देखिएको हो,’ मौसमविद् पौडेलले भने । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
विभागले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। विभागका अनुसार राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
सोमबार देशभर सामान्यतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २२ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १७ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै नेपालगन्जको अधिकतम तापक्रम ३६ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ। रासस
सोमबारदेखि मनसुन सक्रिय हुने
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
२ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
२ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
२ हप्ता अघि
सुझावित समाचार
मंगलबार १० बजेसम्मका प्रमुख १० खबर
सुदूरपश्चिमको बजेट पारित, मंसिरमा पूरक बजेट ल्याइने सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेट प्रदेश सभाबाट…
भारतीय समकक्षीसँग गृहमन्त्री गुरुङको भेटवार्ता
काठमाडौं-भारतको नयाँदिल्लीमा रहेका गृहमन्त्री सुदन गुरुङले आफ्ना समकक्षी भारतीय गृहमन्त्री अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका…
राष्ट्रपतिले जारी गरे वन र भूमिसम्बन्धी दुई अध्यादेश
काठमाडौं/ राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मंगलबार…
परराष्ट्रमन्त्री खनालसँग स्विट्जरल्यान्डकी राजदूत मेउलीको शिष्टाचार भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत डा. ड्यानिएल मेउलीबिच परराष्ट्र मन्त्रालयमा शिष्टाचार …
पूर्वउपसभामुख इन्दिरा रानामगर बैंकक प्रस्थान
काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं पूर्वउपसभामुख इन्दिरा रानामगर थाइल्यान्डको बैंकक प्रस्थान गरेकी छिन्। अक्टोबर १४ मा आयोजना ह…
मुख्यमन्त्रीहरूले भने- प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन
प्रदेशलाई अधिकार नदिने, खर्चिलो भन्दै आलोचना गर्ने प्रवृत्तिप्रति असन्तुष्टि