विपक्षी विद्यार्थी मोर्चाले दिउँसो पत्रकार सम्मेलन गर्दै

आइतबार, २७ असार, २०७८
डिजिटल संस्करण

पाँच विद्यार्थीहरूको मोर्चाले आज संयुक्त पत्रकार सम्मेलन गर्दै छ । आज दिउँसो १ बजे काठमाडौंको बानेश्वरस्थित होटेल अर्यालमा  पत्रकार सम्मेलन हुँदै छ । पेट्रोलियम पदार्थमा पटक–पटक गरिएको  मूल्यवृद्धि फिर्ता लिन सरकारलाई दिएको ७२ घन्टे अल्टिमेटम आज सकिनै लाग्दा पत्रकार सम्मेलन राखिएको छ ।

पत्रकार सम्मेलनमार्फत ओली सरकारलाई घुँडा टेकाउने गरी कडा संघर्षका कार्यक्रम सार्वजनिक गरिने अखिल (क्रान्तिकारी)का प्रवक्ता जिपी मैनालीले जानकारी दिए । यसकाे साथै प्रतिगमनविरुद्ध जारी आन्दोलनको आगामी रणनीतिबारे थप धारणा सार्वजनिक हुनेछ ।

यस्तै, नेपाल वायुसेवा निगमको निजीकरण गरेर सरकारी ध्वजाबाहक कम्पनी डुबाउने गरी ओली सरकारले चालेको पछिल्लो कदमविरुद्ध समेत विद्यार्थी संगठनहरूले संयुक्त धारणा र कार्यक्रम सार्वजनिक गर्ने मैनालीले बताए ।

सुझावित समाचार