हेलम्बु चनौटेका बाढीपीडित १३ परिवारलाई आर्थिक सहयोग

मंगलबार, १५ असार, २०७८
डिजिटल संस्करण

मेलम्चीमा आएको बाढीबाट पीडित बनेका सिन्धुपाल्चोक हेलम्बु  गाउँपालिका चनौटेका १३ परिवारले  आर्थिक सहयोग पाएका छन् । सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका घर भई हाल अस्ट्रिया बस्दै आएका किरण श्रेष्ठको अगुवाइमा संकलित रकम पीडित परिवारलाई जनही १३ हजार प्रदान गरिएको हो ।    

१ असारमा मेलम्ची खोलामा आएको बाढीले आफन्त एवं धनजन गुमाएपछि यहाँका १३ परिवार अलपत्र परेका थिए । संकलित रकम तिपेनी युवा क्लबका अध्यक्ष महेशलाल श्रेष्ठ र मनीषलाल श्रेष्ठले सोमबार हस्तान्तरण गरेका हुन् ।  

सुझावित समाचार